×

TUNGOON

झुटको राजनीति नगर्न चेतावनी नगर्न (नेकपां) की नेतृ अमृता थापाको चेतावनी,प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि प्रहार गरेको तर्क


काठमाडौं माघ २८ गते

प्रधानमन्त्री ओली संसदीय दलको नेता भए पनि एक पटकपनि संसदीय दलको बैठक नै नराखी संसद् विघटन गरेको नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपां) की नेतृ अमृता थापाले अरोप लगाउनु भएको छ । उहाँले पुस २५ गते पार्टीको केन्द्रीय समितिको बैठक बोलाइएको भए पनि प्रधानमन्त्री ओलीले पुस ५ गते नै संसद विघटन गरेको बताउनु भयो । उहाँले पार्टी विधान अनुसार चल्ने भन्दै ओलीले बहुमतको कदर गर्न नसकेको आरोप लगाउनु भएको छ । प्रधानमन्त्री ओलीले पार्टी र सरकार संचालन गर्न नसकेपछि प्रतिनिधिसभा विघटन गरेर संविधानमाथि प्रहार गरेको बताएकी छिन्। त्यस्तै नेतृ अमृता थापाले राजधानीमा आयोजित विरोधसभामा बोल्दै दशक लगाए बनाएको संविधानलाई ओलीले अन्धकारमा धकेलेको बताउनु भयो ।

महिलाहरुले प्रतिगमन नसच्चिएसम्म सडक नछोड्ने भन्दै उनले ओलीको शासनकालमा महिलाहरुमाथि दुर्व्यवहार गर्ने अपराधीहरुलाई सजाय नभएको बताउनु भएको छ । उहाँले महिलाहरु अब चुप लागेर नबस्ने भन्दै चुलेसी, हसियाँ जे छ त्यही लिएर प्रतिगमनविरुद्ध उत्रने तर्क गर्नु भयो । त्यसैगरि प्रधानमन्त्री केपी ओलीलाई बालकोट गएर बस्न चापाले सुझाब दिनु भएको छ । राजा–महाराजालाई सत्ताबाट हटाएका जनताले राजा–महाराजा बन्न खोज्ने ओलीलाई सहजै हटाउन सक्ने उहाँको भनाइ छ । नेकपा प्रचण्ड–माधव समूहले राजधानीमा गरेको विरोध सभामा थापाले महिला परिवर्तनको पक्षमा रहेको पनि बताउनु भयो । प्रधानमन्त्री ओलीले एकपटक पनि संसदीय दलका बैठक नराखेको भन्दै थापाले झुटको राजनीति नगर्न चेतावनी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला