×

TUNGOON

दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको शक्तिशाली भूकम्प


काठमाडौं । माघ २९ गते
बुधबार साँझ दक्षिण प्रशान्त महासागरमा ७.७ म्याग्निच्युटको शक्तिशाली भूकम्प गएको छ । अष्ट्रेलिया र अमेरिकाले भूकम्पपछि सुनामीको चेतावनी दिइएको छ ।अमेरिकी भूवैज्ञानिक एजेन्सीका अनुसार लोयल्टी द्वीप समूहबाट १० किलोमिटर दक्षिण पूर्वी गहिराइलाई केन्द्रविन्दु बनाएर भूकम्प गएको हो ।

यसको धक्का न्यूजील्याण्डदेखि इन्डोनेसियासम्म महसुस गरिएको छ । भूकम्पले पुर्याएको क्षतिको विवरण आइसकेको छैन ।अष्ट्रेलियाको मौसम एजेन्सी व्यूरो अफ मेट्रोलोजीले भने भूकम्प गएका कारण सुनामी आएको पुष्टि गरेको छ । अष्ट्रेलियाले सुनामीबाट लर्ड होवे द्वीप जोखिममा रहेको चेतावनी दिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला