काठमाडौं । माघ २९ गते
चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै पटक–पटक सत्याग्रह बस्दै आउनु भएका सामाजिक अभियान्ता डा.गोविन्द केसीले पुन अनसन बस्ने तयारी गर्नु भएको छ । सत्याग्रहबारे जानकारी दिन डा.केसीले आज माइतीघर मण्डलामा दिउँसो १ बजे कार्यक्रमको आयोजना गर्नु भएको छ ।

यसअघि चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै अनसन बस्दै आउनु भएको केसी यसपटक भने प्रतिनिधिसभा मार्न नदिन, संविधानको रक्षा गर्न र चिकित्सा शिक्षा सुधारको लागि २० औँ सत्याग्रह शुरू गर्न लाग्नु भएको छ ।