×

TUNGOON

नेपाल आयल निगम लिमिटेडद्वारा घाटा पूर्ति गर्न भन्दै पेट्रोलियम पदार्थ र खाना पकाउने एलपी ग्यासको मूल्यमा वृद्धि


काठमाडौं । माघ २९ गते
नेपाल आयल निगम लिमिटेडले घाटा पूर्ति गर्न भन्दै पेट्रोलियम पदार्थको र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरेको छ । खाना पकाउने एलपी ग्यासको मूल्य २५ रुपैयाँ बढाएर प्रतिसिलिन्डर १ हजार ४ सय रुपैयाँ कायम गरेको छ भने पेट्रोल, डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर २–२ रुपैयाँ वृद्धि गरिएको छ ।

मूल्यवृद्धिपछि काठमाडौं उपत्यकामा पेट्रोल १ सय १२ रुपैयाँ र डिजेल तथा मट्टितेल समान ९५ रुपैयाँ प्रतिलिटर पुगेको छ । निगम प्रवक्ता विनितमणि उपाध्यायले बढ्दो घाटा पूर्ति गर्न मूल्य बढाउनुपरेको बताउनु भयो । मूल्यवृद्धि पछि निगमलाई अझै ठूलो दरमा नोक्सान रहेको उहाँले दाबी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला