×

TUNGOON

महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने कुरा संविधानले प्रत्याभूत गरेको लैंगिक समानता र स्वतन्त्रताको हकविरुद्ध भएको पुर्व प्रधानमन्त्री डा. भट्टराईको टिप्पणी



काठमाडौं । माघ २९ गते
महिलाले विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने प्रावधान ल्याउनु हाँस्यास्पद भएको पुर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टी (जसपा) संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले टिप्पणी गर्नु भएको छ ।

आज सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा राख्दै डा. भट्टराईले यसको सशक्त प्रतिरोध गर्न आह्वान समेत गर्नु भएको छ । उहाँले महिला विदेश जाँदा अभिभावकको स्वीकृति चाहिने कुरा संविधानले प्रत्याभूत गरेको लैंगिक समानता र स्वतन्त्रताको हकविरुद्ध मात्र नभएर देशलाई मध्ययुगतिर फर्काउने हाँस्यास्पद जमर्को भएको उल्लेख गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला