×

TUNGOON

राष्ट्रपतिको अवहेलना गरेको भन्दै पक्राउ गर्न प्रहरी पुगेपछि नेकपा नेतृ रामकुमारी झाँक्रीको घरमै नाराबाजी, उचित कारण सहितको पक्राउ पुर्जी लिएर आए आफु गिरफ्तारीमा पर्ने तर्क



काठमाडौं । माघ २९ गते
उचित कारण सहितको पक्राउ पुर्जी लिएर आए आफु गिरफ्तारीमा पर्ने नेकपा प्रचण्ड–माधव समूहकी नेतृ रामकुमारी झाँक्रीले बताउनु भएको छ । प्रहरीले नेकपा प्रचण्ड–माधव समूहकी नेतृ झाँक्रीलाई आज विहान सोधपुछका लागि प्रहरी चौकी बोलाएको थियो । आफ्नो पक्राउसम्बन्धी आफ्लाई जानकारी समेत आईसकेको नेतृ झाँक्रीले बताउनुभयो । प्रहरीले नेतृ झाँक्रीलाई पक्राउ गर्न पुगेपछि पत्रकार सम्मेलन गर्दै उहाँले गणत्रन्त्रको यो समयमा पनि स्वतन्त्र बोल्न पाउनु हरेक नागरिकको स्वतन्त्र अधिकार रहेको बताउनुभयो । त्यस्तै ुतानाशाहहरु ढल्नेबेला अनेक जुक्तीहरु लगाउँछु नेतृ झाँक्रीले भन्नुभयो ।

पछिल्लो समय राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले नेतृ झाँक्रीलाई सोधपुछको लागि बोलाईएको हो ।नेतृ झाँक्रीले गोरखामा आयोजित एक कार्यक्रममा राष्ट्रपतिबारे गरेको टिप्पणीलाई लिएर नेकपा ओली समूहसम्बद्ध अनेम संघले रामकुमारीलाई कारबाही गर्न माग गरेको थियो । त्यस्तै हिजो ९बुधबार० राजधानीमा आयोजित प्रचण्ड–नेपाल पक्षको आमसभामा पनि उनले मुखमा कालो टेप टाँसेर मञ्चमा उक्लनुभएको थियो र झाँक्रीले भन्नुभएको( ुथियो बोल्न पाइन्छ।ु साथै उहाँले आफूविरूद्ध लगाइएको आरोपको विरोध गर्नुभएको थियो ।

त्यस्तै राष्ट्रपतिको अवहेलना गरेको भन्दै पक्राउ गर्न प्रहरी पुगेपछि नेकपा नेतृ रामकुमारी झाँक्रीको घरमै नाराबाजी भएको छ । आज झाँक्रीलाई पक्राउ गर्न घरमै प्रहरी पुगेको हो । त्यसपछि आक्रोशित नेकपा र नेकपाको जनसंगठनका नेता–कार्यकर्ता जुलुस लिएर घरमै पुगेका छन् । हाल अहिले अनेरास्ववियूका नेता–कार्यकर्ताहरूले उनको शंखमूलस्थित घरको प्रांगणमा नाराबाजी गरिरहेका छन् । प्रहरीले झाँक्रीलाई अहिलेसम्म पक्राउ भने गरिसकेको छैन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला