काठमाडौं । माघ ३० गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज धर्म,कर्ममा मन लाग्नुका साथै गरेका कामबाट राम्रै लाभ हुने योग रहेको छ भने प्रेमीको सहयोग पाईनेछ, तर खर्च बढ्ने र सन्तानबाट टाढिनु पर्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै आदर्श ब्यक्तिको सहकार्यले नयाँ अनुभव मिल्नेछ र उपहार पनि पाईन सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज एउटै कामबाट दोहोरो लाभ मिल्ने योग रहेको छ भने बन्धु बान्धवबाट सहयोग मिल्नुका साथै राजनैतिक कार्यमा सफलता मिल्नेछ र स्वादिष्ट खनेकुरा खान पाईनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज मन भावुक र उत्ताउलो बन्नुका साथै अनावश्यक ठाउँमा धन खर्च हुने योग रहेको छ भने जिद्दीपनाले गर्दा काम बिग्रने डर रहेको छ र सरकारी निकाएको भय पनि रहला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज पारिवारिक साथ सहयोगले उल्लेख्य कार्य सम्पादन हुने देखिन्छ भने विपरित वर्गबाट विशेष सहयोग मिल्नेछ र जोश जाँगर र हिम्मत बढ्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज सांकृतिक कार्यमा सरिक हुने अवसर मिल्ने योग रहेको छ भने सामाजिक तथा धार्मिक कार्यमा रुचि बढ्नेछ र अरुलाई प्रभावित पारेर काम बन्नेछ ।

तुला
रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै धार्मिक कृत्यमा सहभागी बन्नु पर्ने तथा आफन्तको प्रगतिमा मन रमाउनेछ भने नयाँ कार्यको अवसर पनि मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज लाभ,हानी, आय,व्यय, सुख,दुख वरावरी खालको समय रहेको छ भने धार्मिक कार्यमा रुचि रहनुका साथै सामाजिक पदप्रतिष्ठा प्राप्त हुने देखिन्छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आँटेको र ताकेको कार्य पुरा हुनुका साथै आकस्मिक धनलाभ हुनेछ र महिला वर्ग बाट सहयोग मिल्ने तथा पारिवारिक सद्भाव पनि बढ्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज रोकिएका काम पुनः सुरु हुनुका साथै जोश,जाँगर र उमङ्ग बढ्ने तथा वैदेशिक क्षेत्रको कार्य अघी बढ्नेछ र साहित्यिक क्षेत्रमा रुची बढ्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने नजिकको मित्रसँग भेटघाट हुनेछ र परिवारको साथ सहयोग मिल्नुका साथै यात्राका योग पनि देखिन्छन् ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज निर्णय कार्यान्वयन हुन गारो हुनुका साथै स्वास्थ्यमा समस्या आउन सक्छ, सचेत रहनु होला, तर साँझपख आफन्तले सहयोग भने गर्नेछन् ।