काठमाडौं । माघ ३० गते

बिहीबार साँझ सवा ५ बजे लमजुङको दोर्दी गाउँपालिका– ६, सिमीगाउँ नजिकै जीप दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको भने जीपमा सवार तीन जना घाइते भएको र घाइतेमध्ये २ जना स्थानीय स्कुले बालिका रहेका छन् । प्रदेश ३–०१–०२२च १३८३ नं. को बोलेरो जिप माथिल्लो सिमी र ताँजे गाउँ जाने दोबाटो कट्ने वित्तिकै दुर्घटना हुँदा तीन जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिप सडकबाट १२० मिटर तल लोंदोखोलामा खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ ।मृत्यु हुनेमा दोर्दी गाउँपालिका ६, ताँजे गाउँ क्षेत्रमा निर्माणाधिन पिपुल्स हाइड्रोपावर कम्पनीद्धारा प्रवद्र्धित सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ मा कार्यरत स्याङ्जा घर भएका ३४ बर्षीय इन्जिनियर यदुनाथ भट्टराई, भानु नगरपालिका १०, तनहुँ घर भएका ४५ बर्षीय इन्जिनियर जयप्रकाश लौडारी र जिप चालक खोटाङ घर भएका २६ बर्षीय किशोर राई रहेको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा सुनसरी घर भई सुपरदोर्दी जलविद्युत आयोजना ‘ख’ मा कार्यरत इन्जिनियर इन्जिनियर ४० बर्षीय सुनिलकुमार साह, ताँजे घर भई सिमी गाउँस्थित अमरज्योति आधारभूत विद्यालय कक्षा ७ मा अध्ययनरत १५ बर्षीया अनु घले र कक्षा ६ मा अध्ययनरत १५ बर्षीया सुसना विक रहेका छन् ।उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल बेंसीसहर ल्याइएको प्रहरीले जनाएको छ ।