काठमाडौं । माघ ३० गते
आज नेपाली बजारमा सुनको मूल्यमा ६ सय रुपैयाँले गिरावट आएको छ । आज नेपाली बजारमा छापावाल सुनको मूल्य तोलाको ९० हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

यस्तै, तेजाबी सुनको मूल्य ९० हजार ४ सय रुपैयाँ कायम भएको छ ।बिहीबार नेपाली बजारमा छापावाल सुनको मूल्य ९१ हजार ५ सय र तेजाबी सुनको मूल्य ९१ हजार रुपैयाँ प्रतितोला थियो । बिहीबार प्रतितोला १ हजार ३ सय १५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार ३ सय २० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।