काठमाडौं । माघ ३० गते
संविधानमै व्यवस्था नभएको संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीले मुलुकमा संकटकाल लगाएर शासन गर्न सक्ने राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीको भनाई छ । आज प्रगतिशील पत्रकार संघले अर्घाखाँचीको सन्धिखर्कमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष केसीले ओलीको ‘प्रतिगामी कदम’लाई जनआन्दोलन गरेरै घुँडा टेकाउनुको विकल्प नभएको बताउनु भएको छ ।

ओलीले आफ्नो पार्टीको विरोधको सामना गर्न नसकेर सत्ताको लोभले संसद् विघटन गरेर अलोकतान्त्रिक कदम चाल्नु गलत भएको उहाँको भनाई छ । उहाँले पार्टीभित्रको झगडाकै कारण संसद् विघटन हुनु दु,खद भएको उल्लेख गर्नु भएको छ । उहाँले आन्दोलन गरेरै संसद् पुन,स्थापना गर्नुको विकल्प नभएको बताउँदै कांग्रेससहित सबै दल मिलेर सड्क संघर्षबाटै प्रतिगमनलाई परास्त नगर्ने हो भने ओलीले देशमा संकटकाल लगाएर देशलाई अझै अँध्यारोमा लैजाने तर्क गर्नु भएको छ ।

उहाँले अदालतको फैसला पर्खेर बस्न नहुँने भन्दै आन्दोलन गरेरै ओलीको प्रतिगामी कदमलाई असफल पारेर संसद् पुन,स्थापना गर्नुको विकल्प नभएको बताउनु भएको छ ।