×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । माघ २१ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज अनावश्यक ठाउँमा धन खर्च हुने योग रहेको छ भने आफ्नो विचार विपरित निर्णय हुनुका साथै कामहरु अधुरै रहलान् र वैदेशिक क्षेत्र कमजोर रहने छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
लगानीको वातावरण बन्ने योग रहेको छ भने मुद्धा मामिलामा सफलता पाईनुका साथै न्यायिक कार्यमा सफलता मिल्नेछ र शुभकार्यको चर्चा पनि चल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
बुद्धिको उपयोग गर्दा जटिल ठानिएको कामसमेत सम्पादन हुन सक्नेछ भने अतिथिको रूपमा सत्कार पाइएला र आफन्तको सहयोग प्राप्त हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनुका साथै सामाजिक र धार्मिक कार्यबाट सन्तोष मिल्नेछ, तर बेसुरमा वचन दिने बानीले अप्ठ्यारो चैं हुन सक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नयाँ कामको थालनी हुनेछ भने वैदेशिक कार्य अघी बढ्नुका साथै बित्तिय संस्था बाट सहयोग पाईने तथा आँटेको र ताकेको कार्य पुरा होला ।

कन्या
पा, पि, पु, ष, ण, ठ, पे, पो
आज प्रेमीको सहयोग प्राप्त हुने योग रहेको छ भने सांगीतिक क्षेत्रमा रुची बढ्नेछ भने स्वास्थ्यमा सुधार आउला र वित्तिय संस्थाबाट सहयोग पनि पाईन सक्छ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
कला र गलाको प्रभाव बढ्नेछ भने अचल सम्पत्ती हात पर्ने छ र आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनुका साथै नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अरुलाई प्रभावित पारेर काम बन्नुका साथै कार्य क्षेत्रमा प्रगति हुनेछ भने बन्धु बान्धवबाट सहयोग मिल्नेछ र धार्मिक यात्राको योग पनि छ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे्
खानपिनमा सजकता अपनाउनु पर्नेुका साथै मनमा सङ्का उत्पन्न हुने योग रहेको छ भने अनावश्यक धन खर्च हुनेछ रआफूलाई कमजोर भएको अनुभूति हुनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज राजनीति अधिकारमा सफलता मिल्नुका साथै अरुलाई प्रभावित पारेर काम बन्नेछ र महिला वा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
शुभ समाचार सुन्न पाइनुका साथै सामाजिक तथा धार्मिक कार्यमा रुची बढ्नेछ भने मनोरन्जनमा सहभागिता भईनेछ र शिक्षामा सफलता मिल्ला ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज लगनशीलताले कामहरु अगाडी बढ्ने योग रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै व्यापार व्यवसायमा सफलता र लाभ नै मिल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला