×

TUNGOON

स्वर्गिय आङछिरिङ शेर्पाकी धर्मपत्नी चन्दा राई शेर्पाले गल्फ क्लवले बल हानेर खेलको उद्घाटन गरेसँगै खेल सुरु


काठमाडौं । माघ २१ गते
स्वर्गिय आङछिरिङ शेर्पाकी धर्मपत्नी चन्दा राई शेर्पाले गल्फ क्लवले बल हानेर खेलको उद्घाटन गरेसँगै खेल सुरु भएको छ । यती समूहका प्रबन्ध निर्देशक शेर्पाको २०७५ फागुन १५ मा ताप्लेजुङमा हेलिकप्टर दुर्घ,टनामा परेर निध,न भएको थियो । शनिबार हुने खेलमा ८४ जना गल्फरले भाग लिने आयोजकले जनाएको छ। त्यस्तै आजको खेलमा ७५ जना गल्फरले प्रतियोगितामा भाग लिनेछन् ।

यती एअरलायन्सको आयोजनामा गोकर्ण फरेस्ट रिसोर्टमा आज र शनिबार हुने छ । प्रतियोगितामा विजेता र रनरअप, उत्कृष्ट ग्रस र रनरअप, महिलातर्फको विजेता र रनरअप, भेट्रान तर्फका बिजेता, जुनियरतर्फका विजेता, लङ्गेस्ट ड्राइभ, उत्कृष्ट बडिज र क्लोजेष्ट टु पिन गरी मुख्य ११ वटा विधामा पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगिताको मुख्य विजेताले ट्रफीका साथै रु पाँच लाख धनराशी बराबरको ट्राभल प्याकेज जित्नेछ । अन्य विजेताले यती गु्रपकै सञ्चालनमा रहेका कम्पनी तथा रिसोर्टले प्रायोजन गरेको विशेष ट्राभल प्याकेज प्राप्त गर्नेछन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला