×

TUNGOON

प्रधानमन्त्रीको झापा जाने पूर्वनिर्धारित कार्यक्रम स्थगित, ३ बुँदे सहमतिपछि विप्लव दुई वर्षपछि आज सार्वजनिक


काठमाडौं । माघ २१ गते
नेत्रविक्रम चन्द विप्लवसँगै सभागृहमा आयोजित सभालाई सम्बोधन गर्नुपर्ने भएकाले प्रधानमन्त्रीको झापा जाने पूर्वनिर्धारित कार्यक्रम स्थगित भएको छ ।प्रधानमन्त्री ओलीको उपस्थितिमा झापा विद्रोहका अगुवा मारिएको स्थान सुखानीमा श्रदाञ्जली सभा गर्ने कार्यतालिका रहे पनि विद्रोहरत विप्लव समूहसँग वार्ता सम्पन्न भएपछि सो कार्यक्रममा सम्बोधन गर्न ओली असमर्थ हुने भएका हुन् । प्रधानमन्त्री कार्यक्रममा उपस्थित हुन नसक्ने भएपछि सुखानीमा प्रदेश १ का प्रमुख सोमनाथ अधिकारी प्यासी सहभागी हुने जनाइएको छ । २०२९ साल फागुन ९ गते झापा विद्रोहका अगुवा रामनाथ दाहालसहित पाँच जनाको राज्यपक्षले गोली हानी हत्या गरेको थियो । त्यस्तै आज नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ काठमाडौँमा आयोजना हुने कार्यक्रमका लागि सहभागी हुन नवलपरासीबाट प्रस्थान गर्नु भएको ।

उहाँलाई प्रहरीको सुरक्षासहित काठमाडौँ ल्याइँदैछ ।सरकार र पार्टीबीच भएको ३ बुँदे सहमतिपछि विप्लव दुई वर्षपछि आज सार्वजनिक हुनु भएको छ । महासचिव विप्लवले नवलपरासीमा शहीद परिवारसँग भेटघाट गरेको तस्विर सार्वजनिक गर्नु भएको हो । सरकारले हेलिकप्टर पठाउने तयारी गरेपनि त्यसलाई अस्वीकार गरेका विप्लव गाडीमा काठमाडौँ जाँदैछन् । बिहीबार राति नै देवचुली पुगेका उहाँलाई शहीद परिवारले टिका लगाएर बिदा गरेका थिए । त्यसअघि उहाँले पार्टीका कार्यकर्तासँग भेटघाट गर्नु भएको थियो । आज नै महासचिव विप्लव र प्रधानमन्त्री केपी शर्मा ओलीले एउटै मञ्चबाट सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला