×

TUNGOON

वर्तमान सरकार रचनात्मक कार्यमा लागेको कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालको भनाई


काठमाडौं । फागुन २१ गते
वर्तमान सरकार रचनात्मक कार्यमा लागेको कृषि तथा पशुपक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले बताउँनु भएको छ । बिरुवा गाउँपालिकाले आयोजना गरेको चौथो अध्यक्ष कप वडास्तरीय पुरुष तथा महिला भलिबल कप एवं वडा नं ६ स्थित भुवनघाट पक्की पुलको बिहीबार उद्घाटन गर्दै मन्त्री अर्यालले सो कुरा बताउनु भएको छ ।

नेपाली जनताको सङ्घर्षबाट स्थापना भएको वर्तमान सरकारले सबैसँग हातेमालो गरेर अगाडि बढ्ने उल्लेख गर्दै उहाँले सरकारले ऐतिहासिक काम गरेको बताउनु भएको छ । मन्त्री अर्यालले सरकारले खुट्टा नकमाइकन नक्सा जारी गरेपछि नै ओली सरकार हटाउने खेल शुरु भएको भन्दै सरकार टाउने खेल पार्टीका कतिपय शीर्ष नेतृत्वले गरेका कारण अहिलेको स्थिति सिर्जना भएको बताउनु भयो । तीन दिनसम्म सञ्चालन हुने भलिबल प्रतियोगितामा प्रथम, द्वितीय, तृतीय र सान्त्वना पुरस्कार क्रमशः रु ६० हजार, ४० हजार, २० हजार र १० हजार र ट्रफी, मेडल र प्रमाणपत्र रहेको गाउँपालिकाले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला