×

TUNGOON

आज सुनको मुल्यमा ९ सय रुपैयाँले गिरावट। कति पुग्यो तोलाको ?


काठमाडौं । फागुन २१ गते
आज पहेंलो धातु आथार्त् सुनको मुल्यमा ९ सय रुपैयाँले गिरावट आएको छ । आज छापावाला सुन ९ सयले घटेर तोलामा ८५ हजार ६ सयमा कारोबार भैरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

बिहीबार छापावाला सुन तोलामा ८६ हजार ५ सयमा कारोवार भएको थियो । त्यस्तै आज तेजाबी सुन तोलाको ८५ हजार १५० मूल्य निर्धारण भएको छ भने तेजाबी सुन बिहीबार तोलामा रु ८६ हजार ५० मा कारोवार भएको थियो । यस्तै चाँदीको मूल्य तोलामा रु ३५ ले घटेको छ । तोलामा रु एक हजार २८५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार २५० मूल्य निर्धारण गरिएको महासङ्घले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला