×

TUNGOON

विभाजित नेकपामा एकता प्रयास भइरहेको योगेशकुमार भट्टराईको जिकिर


काठमाडौं । फागुन २२ गते

 विभाजित नेकपामा एकता प्रयास भइरहेको प्रचण्ड–नेपाल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य योगेशकुमार भट्टराईले बताउनु भएको छ । प्रेस संगठन ताप्लेजुङले आयोजना आज गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता भट्टराईले नेकपा एकताका लागि उच्च पदका नेताले त्याग गर्न सक्नुपर्ने बताउनु भएको हो । उहाँले एकता हुने सम्भावना जीवितै रहेको र सबै संगठन एकताको पक्ष रहेकाले यसका विषयमा सबैसँग छलफल भइरहेको जनाकारी दिनु भएको छ । 

भट्टराईले एकताका लागि पहिलो सूत्र भनेकै त्याग भएको र नेकपा एकताका लागि प्रधानमन्त्रीले राजीनामा गर्नुपर्ने पहिलो आधार रहेको जिकिर गर्नु भएको थियो। उहाँले प्रचण्ड नेपालले पनि प्रधानमन्त्री बन्नेतिर नलागेर दोस्रो पुस्तालाई नेतृत्व दिए पार्टी एकता हुनसक्ने धारणा व्यक्त गर्नु भएको छ । नेता भट्टराईले नेपाल पत्रकार महासंघको भवन निर्माण गर्न व्यक्तिगततर्फबाट  एक लाख दिने र आउँदा बजेटबाट रु दश लाख विनियोजन गर्ने प्रतिबद्धता जनाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला