×

TUNGOON

नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिको बाटोमा आएसँगै अब कुनै राजनीतिक शक्ति संविधान बाहिर नरहेको –परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली


काठमाडौं । फागुन २२ गते

परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले नेत्र विक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी शान्तिपूर्ण राजनीतिको बाटोमा आएसँगै अब कुनै राजनीतिक शक्ति संविधान बाहिर नरहेको बताउनु भएको छ ।

आज बिहान सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो धारणा राख्दै मन्त्री ज्ञवालीले  पृथकतावादका पक्षधर सिके राउतपछि विप्लव समूहलाई शान्तिपूर्ण राजनीतिमा ल्याउनु प्रधानमन्त्री केपी शर्मा ओलीको ठूलो उपलब्धि भएको बताउनु भएको छ । उहाँले सशस्त्र गतिविधिमा संलग्न विप्लव समूह आफ्ना राजनीतिक क्रियाकलाप शान्तिपूर्ण रूपमा सञ्चालन गर्न सहमत हुनु महत्वपूर्ण उपलब्धि रहेको बताउँदै अब कोही पनि राष्ट्रिय एकता, संविधान र शान्तिपूर्ण राजनीति बाहिर रहेन धारणा राख्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला