×

TUNGOON

सरकारसँग तीन बुँदे सहमति गर्नुको उद्देश्यभित्र देशलाई आत्मनिर्भर बनाउने सपना रहेको चन्दको कथन,शान्तिपूर्ण राजनीतिमा आउने कदम चालेको भन्दै प्रधानमन्त्रीद्वारा प्रशंसा


काठमाडौं । फागुन २१ गते
सरकारसँग तीन बुँदे सहमति गर्नुको उद्देश्यभित्र देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना रहेको नेकपा महासचिव नेत्रविक्रम चन्दले बताउनु भएको छ । सरकार र नेकपाबीच सहमति पत्रमा हस्ताक्षर समारोहमा बोल्दै चन्दले सरकारसँग सहमति गर्नुको उद्देश्यभित्र लुकेका सपना पूरा गर्ने पनि बताउनु भयो । यो सहमति केवल नेपाल सरकार र नेकपाको मात्रै नभएर सहमतिको पछाडि सपना लुकेको छ र देशलाई आत्मनिर्भर, सुन्दर, स्वाभिमान बनाउने सपना यो भित्र रहेको उहाँको भनाई छ ।

उहाँले झापा आन्दोलनको सन्दर्भकै दिन आफ्नो पार्टीले सरकारसँग तीन बुदे सहमति गर्नु सुखद् संयोग भएको बताउनु भयो ।नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले नेपालको राजनीतिमा हुने विदेशी हस्तक्षेप स्वीकार्य हुनै नसक्ने समेत बताउनु भयो ।त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओलीले शान्तिपूर्ण राजनीतिमा आउने कदम चालेको भन्दै नेकपा विप्लव समूहका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’को प्रशंसा गर्नु भएको छ । राष्ट्रिय सभागृहमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नेपाल शान्तिको अन्तिम किस्ता पनि पूरा गरी शान्तिपूर्ण युगमा प्रवेश गरेको बताउनु भएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला