×

TUNGOON

निर्वाचनमा गएर ताजा जनादेश लिनु नै उपयुक्त बाटो भएको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको भनाई


  काठमाडौं । फागुन २१ गते

 संसद् पुनस्थापना गर्ने सर्वोच्चको फैसलापछि मुलुकमा सांसद किनबेच गर्ने, राजनीतिक दलहरूबीच अपवित्र गठबन्धन बनाउनेजस्ता कार्यको आभास हुन थालेको राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाको भनाई छ । आज भैरहवास्थित पार्टी कार्यालयमा आयोजित भेटघाट गर्दै यस्ता कार्यले अराजकता निम्त्याउने चेतावनी दिनु भएको छ ।

उहाँले यस्ता राजनीतिक गतिविधिले जनतामा वितृष्णा जगाउँने र प्रजातान्त्रिक तथा लोकतान्त्रिक पद्धतिलाई नै कमजोर बनाउँने भएकाले  यसको साटो निर्वाचनमा गएर ताजा जनादेश लिनु नै उपयुक्त बाटो भएकोमा जोड दिनु भएको छ । शान्ति र स्थायित्वका लागि नेपाली जनताले दुई तिहाइ जनमत दिएको नेपाल कम्युनिस्ट पार्टी कुर्सी र राज्यसत्ता कब्जा गर्ने होडबाजीमा लागेर विभाजनको संघारमा पुग्नु जनताप्रति धोका भएको उहाँको भनाइ छ ।अध्यक्ष थापाले अराजक र अपवित्र गठबन्धनमा सामेल भई सत्तामा जाने कि निर्वाचनमार्फत ताजा जनादेशसहित सत्तामा जाने भन्नेबारेमा यति बेला नेपाली कांग्रेसको कोर्टमा बल रहेको बताउनु भएको छ । प्रजातन्त्रप्रति संघर्षरत नेपाली कांग्रेसलाई अपवित्र गठबन्धन गरेर प्रजतन्त्र कमजोर पार्ने गरी सरकारमा जान जनताले म्यान्डेट नदिएको र आफुहरु पनि कुनै पक्षसँग साँठगाँठ गरेर सत्तामा जानु भन्दा ताजा जनादेश लिएर सत्तामा जान श्रेयष्कर हुने सल्लाह नेपाली कांग्रेसलाई दिने जानकारी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला