×

TUNGOON

आफू वैधानिक रूपमै नेकपा संसदीय दलको नेता बनेको पुष्पकमल दाहाल प्रचण्डको टिप्पणी


काठमाडौं । फागुन २१ गते
आज सिंहदरबारको संसद सचिवालयमा बसेको बहुमत सांसदहरूको बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिँदै नेकपाको प्रचण्ड–नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफू वैधानिक रूपमै नेकपा संसदीय दलको नेता बनेको टिप्पणी गर्नु भएको छ । उहाँले यो पटक वैधानिक ढंगबाट संसदीय दलको जिम्मेवारी आफुले पाएको र प्रधानमन्त्री ओलीको गुटमा भएका सदस्यलाई जिम्मेवारीका साथ आफुहरुसँग आउन अपिल गर्नु भएको छ ।

उहाँले आज बसेको संसदीय दलको बैठक नै आधिकारिक रहेको दाबी गर्नु भएको छ । उहाँले ओलीले नै अविश्वासको प्रस्ताव ल्याउन बाध्य पारिएको बताउनु भयो । अविश्वासको प्रस्ताव ल्याउन बाध्य बनाइएको तर आफुहरु कांग्रेस जसपा लगायतका दलसँग छलफलमै रहेको दाहालको भनाई छ । उहाँले असंवैधानिक अलोकतान्त्रिक निरङ्कुश र स्वेच्छाचारी भन्दै गए, मुद्दाका हिसाबले आफुहरु सहकार्य गरेर सहमतिका आधारमा अघि बढ्ने जानकारी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला