काठमाडौं । फागुन २२ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ० शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनुका साथै मालसामान हराउन सक्ने योग रहेको छ भने सानो तिना समस्यामा अल्झिनुपर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज साथीभाइले पनि राम्रै सहयोग जुटाउने योग रहेको छ भने एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनुका साथै घरमा अतिथीको आगमन पनि हुन सक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज भाग्यले विभिन्न अवसर जुराउने छ भने नयाँ काम सुरु गर्ने समय छ र वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनुका साथै धर्म,कर्म तथा समाजसेवामा मन लाग्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज महिला वा मित्रबाट विशेष सहयोग मिल्ने योग रहेको छ भने रोकिएका काम पुनः सुरु हुन सक्छन् रआर्थिक कारोवारमा सफलता पाइनुका साथै लाभदायक यात्रा होला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज सामाजिक क्षेत्रमा सफलता मिल्नुक ासाथै मनमा कला,साहित्य तथा संगीतमा रुचि बढ्ने छ भने परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभकार्यको चर्चा चल्नुका साथै पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्ने योग रहेको छ भने रमाइलो यात्राको सम्भावना पनि रहेकोछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज भाग्यले विभिन्न अवसर जुराउनेछ र घरमा अतिथीको आगमन हुनेछ भने महत्त्वपूर्ण कामको थालनी हुने तथा आँटेको काम पनि पुरा होला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
ठीक समयमा सही निर्णय लिन सकिनुका साथै राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ भने व्यापार व्यवसायमा सफलता मिल्नेछ र लाभदायक यात्रा हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज लगनशीलताको कमिले गर्दा ठूलो उपलब्धि हातपार्न नसकिने योग रहेको छ भने सहकर्मीबाट विरोध आउनुका साथै नियमित खर्चसमेत बढ्ने योग पनि छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ भने धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ र प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने रोकिएको धन हात पर्ला भने न्यायिक कार्यमा सफलता मिल्ने तथा व्यापारमा मनग्ये धनलाभ हुनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज शुभारम्भको चर्चा चल्नुका साथै सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ भने अनुहारमा कान्ति छाउनेछ र नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।