×

TUNGOON

सहिद स्मारकबी डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदै, काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता शुरु ,५ टिमको सहभागीता


काठमाडौं । फागुन २२ गते
सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज एन्फा कम्प्लेक्स सातदोबाटोमा हुने पहिलो खेलमा ब्वाइज युनियन क्लब र टुसाल क्लबबीच प्रतिस्पर्धा हुदैछ । ब्वाइज र टुसालबीचको खेल अपरान्ह १२,१५ बजे सुरु हुनेछ भने ब्वाइज युनियन लिगको चौंथो स्थानमा रहेको छ ।ब्वाइजले ९ खेलमा १४ अंक जोडेको छ ।

टुसाल ९ खेलमा ९ अंक जोडेर आठौं स्थानमा रहेको छ भने अर्को खेलमा खुमलटार युथ क्लब र श्री भगवती क्लबबीच खेल हुनेछ ।खुमलटार र श्री भगवतीबीचको खेल दिउँसो ३,३० बजे सुरु हुनेछ जसमा खुमलटार ९ खेलमा २२ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।श्री भगवती ९ खेलमा ९ अंक जोडेर नवौं स्थानमा रहेको छ । त्यस्तै काठमाडौं मेयर कप क्रिकेट प्रतियोगिता शुरु भएको छ ।

२९ गतेसम्म चल्ने प्रतियोगिताको काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले कीर्तिपुर मैदानमा उद्घाटन गर्नु भएको छ । मेयर कप क्रिकेटमा ५ टिमको सहभागीता रहेको छ ।कीर्तिपुर मैदानमा आर्मी र एपीएफबीचको खेल शुरुहुँदै छ ।आर्मीविरुछ एपीएफले टस जितेर पहिला बलिङ रोजेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला