काठमाडौं । फागुन २२ गते

नेपालमा हाल पश्चिमी वायुको आंशिक प्रभाव छ। आज देशका विभिन्न भूभागमा बर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । प्रदेश १, बागमती, गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानमा वर्षासँगै हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । अन्य क्षेत्रमा भने मौसम सामान्यतया सफा नै रहने छ ।

नेपालमा पश्चिमी वायुको प्रभावले आइतबार पनि केही स्थानमा वर्षा र हिमपात हुने विभागको भनाइ छ । जसले गर्दा आज केही ठाउँमा हल्का वर्षा तथा हिमपातको सम्भावना छ।