×

TUNGOON

ओली समूहको संसदीय दलको बैठक आज दिउँसो ३ बजे बस्दै


काठमाडौं । फागुन २२ गते
नेपाल कम्युनिष्ट पार्टी ९नेकपा० ओली समूहको संसदीय दलको बैठक आज दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ। बैठकमा नेकपाका दाहाल–नेपाल समूहका सांसदहरुलाई पनि निम्तो पठाइएको छ। सांसदहरुलाई एसएमएस पठाएर बैठकमा सहभागी हुन भनिएको हो।सर्वोच्च अदालतले प्रधानमन्त्रीको सिफारिसमा राष्ट्रपतिबाट भएको संसद विघटन असंवैधानिक ठहर गरि पुनर्स्थापित गरेपछि आइतबार बस्ने पहिलो बैठकको तयारीको लागि प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको बैठक आह्वान गर्नु भएको हो ।

नेकपाको दाहाल–नेपाल खेमाको संसदीय दलको बैठक शुक्रबार बसेको थियो। सो बैठकले पुष्पकमल दाहाल प्रचण्डलाई संसदीय दलको नेताको रुपमा चयन गरेको थियो।आफ्नो खेमामा बहुमत सांसद रहेको दाबी गरेको दाहाल–नेपाल खेमाले प्रधानमन्त्री ओलीविरुद्ध संसदमा अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय पनि गरेको छ। आजको ओली समूहको बैठकले प्रतिनिधिसभाको अधिवेशनमा कसरी प्रस्तुत हुने भन्ने रणनीति तय गर्ने छ। त्यस्तै आज बस्ने भनिएको ओली समूहको संसदीय दलको बैठकमा नेकपाका उपाध्यक्ष वामदेव गौतम उपस्थित नहुने भएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला