काठमाडौं । फागुन २२ गते
आफू प्रधानमन्त्रीको दौडमा नरहेको नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्पष्ट पार्नु भएको छ । प्रतिनिधिसभा अधिवेशन नजिकिएसँगै नयाँ सरकार गठनको चर्चा भइरहेका बेला कांग्रेस सभापति देउवाले आफू प्रधानमन्त्रीको दौडमा नरहेको बताउँनु भएको हो । आज आफ्नै निवासमा आयोजित एक कार्यक्रममा देउवाले प्रमुख प्रतिपक्षी दलको नेता वेटिङ प्रधानमन्त्री भएपनि आफू भने प्रधानमन्त्रीको रेसमा नभएको बताए। ‘हेर्नुस्, प्रमुख प्रतिपक्षी दलको नेता भनेको वेटिङ प्राइममिनिष्टर भएको र तर आफु त्यसको दौडमा नभएको टिप्पणी गर्नु भएको छ ।

नेकपाभित्रको आन्तरिक किचलोमा आफूले फस्न नचाहेको उहाँको भनाई छ। सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले फागुन २३ गते प्रतिनिधि सभा अधिवेशन बोलाएकी छन्। प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध नेकपाकै प्रचण्ड(नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याउने तयारी गरेको छ। प्रचण्ड–नेपाल समूहले कांग्रेसको साथमा अविश्वासको प्रस्ताव ल्याउने र देउवालाई प्रधानमन्त्रीका रुपमा प्रस्ताव गर्ने योजना बनाएको तर कांग्रेसले भने अहिलेसम्म कुनै निर्णय नगरेको जानकारी दिनु भएको छ । सरकारमा जाने कि नजाने भन्नेमै नेताबीच फरक–फरक धारणा आइरहेको बेला अधिकांश नेता भने सरकारमा जाने भए कांग्रेसकै नेतृत्व हुनुपर्ने पक्षमा देखिएका छन्। कांग्रेस सभापति देउवा सम्भावित सत्ता समीकरण, संसद्मा पार्टीले निर्वाह गर्नुपर्ने भूमिकाबारे पार्टीका नेताहरूसँग निरन्तर छलफलमा छन्।