काठमाडौं । फागुन २२ गते
हरियो खुर्सानी जुसुकै मौसममा पनि सजिलै पाईने एक प्रकारको मसला नै हो । यसलाई बारी लगायत घरको छत,गमला आदिमा सजिलै उब्जाउन सकिन्छ । हरियो खुर्सानी प्रायजसो सबैको भान्सामा सजिलै पाईन्छ ।

मात्रा मिलाएर खाने हो भने हरियो खुर्सानी स्वास्थ्यका लागि निकै लाभदायक हुन्छ भन्ने विभिन्न अध्ययनले देखाएको छ । यस्तै एक अध्ययनको आधारमा एनडीटीभीले प्रकाशन गरेको एक सामाग्रीमा हरियो खुर्सानी खानुका फाइदाहरु निम्न प्रकार छन् ।

१.हरियो खुर्सानी खानाले ब्लड सुगरका विरामीका लागि अत्यन्त लाभदायक हुन्छ । यसले शरीरमा ब्लड सुगरको मात्रालाई सन्तुलनमा राख्न सहयोग गर्दछ ।

२. हरियो खुर्सानीले हरियो खुर्सानीले रोग प्रतिरोधी क्षमता बढाउनुका साथै समग्रमा स्फुर्त राख्न मद्दत गर्छ भने यसले इन्डोर्फिन रसायन उत्पन्न गराई इन्जाइमलाई बढाउँछ, जसले मानिसको परिवर्तित भइरहने स्वभावमाथि नियन्त्रण गर्छ ।

३.हरियो खुर्सानीले नाकको रक्तसन्चारलाई सहज बनाउने हुँदा रुघा, पिनासबाट जोगिन मद्दत पुर्याउनुका साथै शरीरमा गर्मी उत्पन्न गराउने हुँदा कुनै पनि प्रकारका दुखाईमा कमी आउँछ ।

४. हरियो खुर्सानीलेशरीरलाई आवश्यक भिटामिन सी’को परिपूर्ति गर्छ, आइरनको कर्मी परिपूर्तिका साथै आँखा पनि तेजिलो बनाउन सहयोग पुग्छ ।

५.हरियो खुर्सानीले छालासँग सम्बन्धित संक्रमण रोक्न सहयोग पुर्यायाउँनुका साथै यसले सहन सक्ने क्षमताको बृद्धि गर्छ भने अनुहारमा चमक ल्याउन मदत गर्छ ।

६. हरियो खुर्सानीमा हुने ‘भिटामिन ए आँखा र छालाको लागी धेरै फाइदाजनक हुन्छ ।हाल भएको एक अध्ययन अनुसार हरियो खुर्सानीले ब्लड सुगरलाई घटाउन सहयोग गर्छ । कतिपय अनुसन्धानमा क्यान्सरबाट मुक्त हुनको लागी हरियो खुर्सानीको प्रयोग फाइदाजनक मानिएको छ । तर यस कुराको हालसम्म आधिकारीक रुपमा पुष्टि भने हुन सकेको छैन । हरियो खुर्सानीमा ‘एन्टि ब्याक्टिेरियल’ गुण हुन्छ । जसको कारण शरिर ब्याक्टेरीयाबाट स्वतन्त्र रहन्छ । यसले प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन समेत सहयोग गर्छ ।