×

TUNGOON

सुनको मूल्य आज ५ सय रुपैयाँले उकालो


काठमाडौं । फागुन २३ गते
अघिल्लो साता लगातार ओरालो लागेको सुनको मूल्य आज ५ सय रुपैयाँले उकालो लागेको छ । आज छापावाला सुन तोलामा रु ८६ हजार १ सय मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

छापावाला सुन तोलामा शुक्रबार रु ८५ हजार ६ सय मा कारोवार भएको थियो । यस्तै तेजाबी सुन पनि तोलामा रु ५ सयले नै उकालो लागेको छ । तोलामा रु ८५ हजार १५० मा शुक्रबार कारोवार भएको तेजाबी सुन आजका लागि भने रु ८५ हजार ६५० मूल्य निर्धारण भएको महासङ्घले जनाएको छ । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । चाँदी तोलामा रु एक हजार २५० मा कारोवार हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला