×

TUNGOON

संसद पुनःस्थापनापछि आज प्रतिनिधि सभाको पहिलो बैठक बस्दै, प्रचण्ड–नेपाल र ओली समूह एकआपसमा भिड्ने मनस्थितीमा


काठमाडौं । फागुन २३ गते
संसद पुनःस्थापनापछि आज प्रतिनिधि सभाको पहिलो बैठक बस्दैछ । नेकपा प्रचण्ड–नेपाल समूहका अध्यक्ष तथा संसदीय दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ र अर्का अध्यक्ष माधवकुमार नेपालले सभामुख अग्नि सापकोटासँग आज भेटवार्ता गर्नु भएको छ । सभामुख सापकोटालाई भेट्न प्रचण्ड–नेपाल संसद् सचिवालयस्थित सभामुखको कार्यकक्षमा पुगेको हुन् । उनीहरुबीच करिब आधा घण्टा छलफल चलेको थियो । छलफलमा के कुरा भयो भन्नेबारे भने जानकारी दिइएको छैन ।

अपराह्न ४ बजे बस्ने भनिएको बैठकअघि प्रचण्ड–नेपाल र सभामुखबीच भएको भेठवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ ।आजको बैठकमा प्रचण्ड(नेपाल समूह र ओली समूह एकआपसमा भिड्ने मनस्थितीमा रहेपछि संसद भवनको सुरक्षा कडा बनाइएको छ । दुवै समूह सत्तापक्षकै बेन्चमा बस्ने भएपछि अवस्था जे पनि हुन सक्ने आकलन गर्दै संसद सचिवालयले सुरक्षा व्यवस्थालाई कडा बनाइएको बताएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला