काठमाडौं । फागुन २३ गते
क्यान्सर नसर्ने घातक रोग हो । महिलाहरुमा देखिने क्यान्सर मध्ये पाठेघरको मुखको क्यान्सर प्रमुख एक हो । वजन घट्दै जानु,तल्लो पेट बढी दुख्नु महिनावारी बन्द भएका महिलामा पनि रगत देखिनु, यौनसम्पर्क गर्दा सामान्य अवस्थामा पनि गर्दा रगत देखिनु ,दिशा वा पिसाब गर्दा अप्ठेरो महशुस हुनु, योनीबाट गन्हाउने फोहर पानी बग्नु, थकाई बढी लाग्ने यसका लक्षणहरु हुन । पाठेघर महिलाको प्रजनन् सम्बन्धी एक प्रमुख अंग हो ।

जुन पेटको तल्लो भागमा पिसाब थैली पाठेघरको मुखको ठिक अगाडी र मलद्धार पछाडी रहेको हुन्छ । नासपाति आकारमा देखिने पाठेघरलाई फेलोपियन ट्यूव तथा मांसपेशी तत्वहरुले दुबैतिरबाट अड्याएका हुन्छन् । यो रोग धनी, गरिब, महिला, पुरुषका साथै बच्चादेखि बुढासम्म जुनसुकै उमेरका मानिसलाई र शरीरका सबै अंगमा लाग्न सक्ने भएकाले यो रोगका बारेमा सबैले थाहा पाउन जरुरी छ ।

यो रोग लाग्ने कारणहरुमा अस्वस्थ्यकर खानपिन, रहनसहन, वातावरणीय प्रदुषण र दैनिक क्रियाकलापको कमीलगायत प्रमुख हुन् ।सामान्यतया पाठेघरलाई तिन भागमा बाँडेर हेर्न सकिन्छ । एक सबैभन्दा माथीको फराकिलो भाग जसलाई फण्डस भनिन्छ । अर्को बिचको साँगुरो घाँटी जस्तो भाग जसलाई इस्थमस भनिन्छ । तेस्रो पाठेघरको मुख जसलाई सर्भिक्स भनिन्छ । कस्ता महिलालाई पाठेघरको मुखको क्यान्सरको सम्भावना बढी हुन्छ त्यसको कबारेमा तल दिएको छ–

– पाठेघर वा यौनाङ्गको बारम्बार संक्रमण भइरहने महिलामा यो क्यान्सर बढी देखिएको छ ।

– सानो उमेरमा विवाह गर्ने

– खानपिनमा ध्यान नदिने तथा कुपोषण भएका महिला

– धेरै जनासँग यौन सम्पर्क राख्ने

– धेरै सन्तान जन्माउने

– कलिलै उमेरमा यौन सम्पर्क गर्ने