काठमाडौं । फागुन २३ गते
नेकपाको नामको विषयमा सर्वोच्च अदालतले गरेको फैसलाले निर्वाचन आयोगको ‘डेडलक’लाई मद्दत पुग्न सक्ने नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड–नेपाल समूहका प्रमुख सचेतक देव गुरुङले प्रतिक्रिया दिनु भएको छ ।

सचेतक गुरुङले सर्वोच्चको आजको फैसलापछि सञ्चारकर्मीसँग कुरा गर्दै निर्वाचन आयोगमा एक प्रकारले डेडलकजस्तो भइरहेको र यो फैसलाले डेटलकलाई अझै मद्दत पुग्न सक्छ भन्ने लागेकाले त्यसो नगर्न आग्रह गर्नु भएको छ । अदालतको फैसलाले नाम विहीनताको अवस्था सिर्जना गरेको बताउँदै एउटा नाम दिने भनिए पनि शरीर एउटै रहने उहाँको भनाई छ ।