×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुुहोस् आजको राशिफल


काठमाडौं फगुन २४ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज ठीक समयमा सही निर्णय लिन सकिने योग रहेको छ भने राजनैतिक क्षेत्रमा सफलता मिल्नुका साथै व्यापार व्यवसायमा सफलता मिल्नेछ र लाभदायक यात्रा हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुनुका साथै सामान हराउने वा चोरी हुने सम्भावना छ भने बन्न लागेको काम विग्रिनेछ, तर वैदेशिक क्षेत्रबाट सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुने योग रहेको छ भने लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुनेछन् र शेयर बजारको क्षेत्रमा रूची बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज रोकिएका काम पुनः सुरु हुने योग रहेको छ भने महिला वा मित्रबाट विशेष सहयोग मिल्नुका साथै लाभदायक यात्रा होला र आर्थिक कारोवारमा सफलता पाइएला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नयाँ ज्ञान सिक्ने मौका मिल्नुका साथै धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ भने आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नुका साथै प्रेम सम्बन्ध पनि कसिलो हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज अरुलाई प्रभावित पारेर काम बन्ने योग रहेको छ भने रोकिएको धन हात पर्ला भने न्यायिक कार्यमा सफलता मिल्नेछ र व्यापारबाट धनलाभ पनि राम्रै हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनुक साथै घरमा अतिथीको आगमन हुनेछ भने भूमिबाट लाभ रहला । साथीभाइले पनि राम्रै सहयोग जुटाउनेछन् ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने योग रहेको छ भने सांस्कृतिक क्षेत्रमा रुची बढ्नुका साथै शुभारम्भको चर्चा चल्नेछ र आँटेको काम पुरा हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धर्म, कर्म तथा समाजसेवामा मन लाग्नुका साथै नयाँ काम सुरु गर्ने समय छ भने वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनेछ । भाग्यले विभिन्न अवसर पनि जुराउनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज यात्रामा मालसामान हराउन सक्ने सानो तिना समस्यामा अल्झिनुपर्नेछ भने क्रोध, प्रतिशोध, रिसराग र उत्तेजना माथि नियन्त्रण गर्नु राम्रो हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज भाग्यले विभिन्न अवसर जुराउने योग रहेको छ भने कला,साहित्य तथा संगीतमा रुचि बढ्नुका साथै घरमा अतिथीको आगमन हुनेछ र पारिवारिक साथ सहयोग मिल्ने देखिन्छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज महत्त्वपूर्ण कामको थालनी हुनुका साथै परिश्रमअनुसार उपलब्धि पनि राम्रै पाइएला र सामाजिक क्षेत्रमा सफलता मिल्नेछ भने लक्ष्मी प्रसन्न हुने योग पनि छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला