×

TUNGOON

आज आज १११औँ अन्तर्राष्ट्रिय नारी दिवस, राष्ट्रपति र प्रधानमन्त्रीद्वारा शुभकामना व्यक्त


काठमाडौं फगुन २४ गते
आज आज १११औँ अन्तर्राष्ट्रिय नारी दिवस । हरेक वर्ष मार्च ८ लाई अन्तर्राष्ट्रिय नारी दिवसको रुपमा मनाइँदै आएको छ । नारी दिवसको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । यस्तै महिला अधिकार र महिलाको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले आज विभिन्न कार्यक्रम गर्दै दिवस मनाउँदैछन् ।

नारी दिवसको अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली तथा विभिन्न दलका नेताहरुले शुभकामना दिनु भएको छ । राष्ट्रपति विद्या भण्डारीले नेपालको संविधानले व्यवस्था गरेअनुसार राजनीतिक तथा हरेक सार्वजनिक निकायमा महिलाको समानुपातिक सहभागिता प्राप्तिका लागि कार्यान्वयन तहमा थप प्रयत्न आवश्य रहेको बताउनु भएको छ ।अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले अधिकारका लागि महिलाहरुको लडाइ अझ सशक्त हुनुपर्ने बताउनु भएको हो ।संसारभरका विभिन्न क्षेत्रमा काम गर्ने महिलाले हासिल गरेका राजनीतिक, आर्थिक र सामाजिक उपलब्धीहरुको स्मरण गर्दै महिला अधिकार र तथा लैंगिक समानताको पूर्ण प्राप्तिका लागि निरन्तर लागिपर्नुपर्ने बताउनुभयो ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देश जारी गर्दै लैङ्गिक समानताको उद्देश्य पूरा गर्न शिक्षा, स्वास्थ्य, रोजगारीलगायत सार्वजनिक सेवा, सुविधा र अवसरमा महिलाको समान पहुँच सुनिश्चित हुनुपर्ने बताउनु भएको छ । त्यस्तै दिवसको प्रधानमन्त्री ओलीले सन्देशमार्फत राज्यले लिएको नीतिले महिला सहभागिता र लैङ्गिक समानतामा उल्लेख्य प्रगति भएको तथा राजनीति र प्रशासन क्षेत्रमा महिला सहभागितामा उल्लेख्य वृद्धि भएको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला