काठमाडौं फगुन २४ गते
‘नेकपा’ नाम विवादमा अदालतको निर्णयमा विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले असन्तुष्टि जनाउनु भएको छ । आज सामाजिक सञ्जाल ट्वीटरमार्फत्र आफ्नो धारणा राख्दै एमाले र माओवादी केन्द्र ब्यूँताउने सर्वोच्चको फैसला न्यायलयलाई राजनीतिकरण गर्नुको परिणाम भएको टिप्पणी गर्नु भएको छ ।

अदालतको फैसलापछि आफूलाई ठिक्क पर्यो भन्न मन लागेको उल्लेख गर्दै उहाँले दलका नेताहरुलाई व्यंग्य गर्नु भएको छ । संयोजक मिश्रले संवैधानिक आयोग,न्यायलय, न्याय परिषद सबैतिर राजनीतिक भागबण्डा गर्नुको दुष्परिणाम आइतवारको फैसला भएको भन्दै राजनीतिकरण बन्द गर्न आग्रह समेत गर्नु भएको छ ।