×

TUNGOON

नीति निर्माण तहमा महिला सहभागिता बढ्न नसकेकाकोप्रति काँग्रेसकी नेतृ कोइरालाद्वारा चिन्ता व्यक्त


काठमाडौं । फगुन २४ गते
नीति निर्माण तहमा महिला सहभागिता बढ्न नसकेकामा नेपाली काँग्रेसकी नेतृ सुजाता कोइरालाले चिन्ता व्यक्त गर्नु भएको छ । नेपाली नारी समाज पोर्चुगलले १११औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा आज आयोजना गरेको भर्चुअल ‘महिलाको सुरक्षा र चुनौती’ छलफल कार्यक्रममा उहाँले महिला अधिकार सम्बन्धी नेपालको संविधानको प्रावधान कार्यान्वयन माग गर्नु भएको छ ।

उहाँले आर्थिक, सामाजिक तथा राजनीतिक लगायत नीति निर्माण तहमा महिलाको अर्थपूर्ण सहभागिता आवश्यकतामा जोड दिइन् । नेपाल महिला सङ्घकी केन्द्रीय अध्यक्ष उमा रेग्मीले घरेलु हिंसा तथा बलात्कारका घटना न्यूनिकरणका तथा महिला अधिकारका लागि राज्य संवेदनशील बन्नुपर्ने बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला