×

TUNGOON

महिलालाई बेरोजगार भत्ता दिनुपर्ने र आर्थिक रुपमा पनि आत्मनिर्भर पनि बनाउनु पर्छ–पम्फा भुसाल


काठमाडौं । फगुन २४ गते
आज १११ औँ अन्र्तराष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै नेतृ पम्फा भुसालले महिलालाई बेरोजगार भत्ता दिनुपर्ने र आर्थिक रुपमा पनि आत्मनिर्भर पनि बनाउनु पर्ने बताउनु भएको छ । राजनीतिक अधिकारले मात्रै नपुग्ने भन्दै महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउनुपर्नेमा नेतृ भुसालले जोड दिनु भएको छ ।

उहाँले महिलालाई पैतृक सम्पति माथिको अधिकार सुनिश्चित गर्नुपर्ने, घरेलु कामलाई आर्थिक उत्पादनको काममा गणना गरिनुपर्ने तथा बेरोजगार महिलालाई भत्ता दिएर संविधानले प्रदान गरेको अधिकारलाई सरकारले कार्यान्वयन गर्नुपर्ने जिकिर गर्नु भयो । महिलाहरुले ५० प्रतिशत अधिकार प्राप्तिको लागि आन्दोलन गर्नुपर्नेसमेत नेतृ भुसालले बताइन् । उहाँले ५० प्रतिशत भन्दा बढी संख्यामा रहेका महिलाहरुले सबै क्षेत्रमा ५० प्रतिशत भन्दा बढी अधिकार प्राप्तिको निम्ति आन्दोलन गर्नुपर्ने बताउनु भएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला