काठमाडौं फगुन २४ गते
कालो अंगुर एक प्रकारको मिठो स्वाद भएको फल हो र यो गुलियो हुन्छ तर यसमा चिनीको मात्रा भने निकै कम हुन्छ । अंगुरमा सबै आवश्यक पोषक तत्त्व जस्तै पानी, सोडियम, पोटेसियम, साइट्रिक एसिड, म्याग्नेसियम र आइरन हुन्छन् ।

मानिसको जीवनमा विभिन्न खालका फलफुलहरुको पनि त्यतिकै महत्व हुन्छ । त्यी मध्ये कालो अंगुर पनि एक हो । एक स्वादिष्ट फल अंगुरले मानिसको शरीरमा खानाको भन्दा बढी शक्ति प्रदान गर्दछ । विशेषगरी यो गर्मीको मौसमको लागि धेरै नै उपयोगी फल हो अंगुर । हल्का रातो र गाढा कालो रंगको अंगुरको स्वाद मिठो हुनुको साथै स्वास्थको लागि पनि धेरै नै फाइदाजनक हुन्छ ।अंगुर सेवन गर्नाले विभिन्न रोगबाट छुट्कारा पाइन्छ । कालो अंगुर खानुका फाईदाहरु यसप्रकार छन् –

१.कालो अंगुरले सबै भन्दा घातक रोग क्यान्सरवाट बच्नको लागि धेरै नै प्रभावकारी हुन्छ, त्यस्तै शरिरमा बढि भएको युरिक एसिडको स्तर कम गर्छ जसले किड्नीमा भार बढ्दैन र किड्नी स्वस्थ रहन्छ ।

२. कालो अंगुरमा पाइने एन्टिअक्सिडेन्टले हार्ट अट्याक र हाई कोलेस्ट्रोल जस्ता समस्याहरुवाट लड्नमा मद्दत गर्नुका साथै अल्जाइमरको बिरामीहरुको लागि र यसमा रहेको रेसवेराट्रोल नामक तत्व अल्जाइमरवाट लड्नको लागि धेरै प्रभावकारी हुन्छ ।

३ माइग्रेन भएपछि टाउकोको आधी भागमा पीडा हुन थाल्छ त्यसैले कालो अंगुर खाएमा माइग्रेनको पीडा हराउँछ ।

४. रगतमा कोलेस्ट्रोलको निर्माण गर्न रोक्छ र मोटोपना बाहेक अन्य स्वास्थ समस्याहरुवाट पनि बचाउने ,शरीरमा रगतको कमी हुन नदिनका लागि दिनदिनै खाली पेट अंगुर खानु उपयुक्त हुन्छ ।

५. हृदयघात जस्तो गम्भीर रोगमा पनि अंगुर लाभदायक हुन्छ । यसले शरीरमा रगत जम्न दिँदैन जसका कारण मुटु ठीक अवस्थामा रहन्छ । मुटुरोगीहरुले भने कालो अंगुरको रस पिउनुपर्छ ।

६. फोकाफोकीः अनुहार वा जिउमा आएका फोकाफोकीलाई सुकाउनका लागि अंगुर सहायक हुन्छ