काठमाडौं फगुन २४ गते
पार्टी एकता जोगाएर जान सकिन्छ भने सम्भावनाको खोजी गर्नुपर्ने साविक नेकपा दाहाल–नेपाल समूहका स्थायी कमिटी सदस्य रघुजी पन्तले बताउनु भएको छ ।

सर्वोच्च अदालतको फैसला पछिको अवस्थामा एमाले र माओवादी केन्द्रबीच एकताको सम्भावना खोज्नुपर्ने उहाँको भनाई रहेको छ । पेरिसडाँडामा जारी साविक दाहाल–नेपालसमूहको स्थायी कमिटी बैठकमा पार्टी एकता जोगाउन पुष्पमल दाहाल र केपी ओली बसेर सम्भावना खोज्नु पर्ने धारणा आफूले राखेको पन्तले बताउनु भयो ।