×

TUNGOON

कस्तो रहने छ तपाईको दिन? हेर्नुहोस् आजको राशिफल


काठमाडौं फगुन २५ गते

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ्
आज कार्य सम्पादनमा सहजता मिल्ने योग रहेको छ भने रोकिएका काम सम्पादन हुने तथा टाढा रहेका साथीभाइहरूसँग भेटघाट हुनुका साथै आत्मविश्वास पनि जाग्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज सामाजिक कार्यबाट सफलता मिल्ने योग रहेको छ भने सरकारी जागिरेले बढुवा, प्रशंसा र पुरस्कार पाउनुका साथै बोलीको प्रभाव पनि बढ्नेछ नयाँ कार्यको थालनी हुनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ने छ भने घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ र यात्रामा सावधानी अपनाउनु पर्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज जोश,जाँगर र उमङ्ग बढ्नुका साथै शुभकार्यको चर्चा चल्नेछ भने विद्या र ज्ञानमा वृद्धि हुनेछ र शेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज ठीक समयमा सही निर्णय लिन सकिनुका साथै आँटेको र ताकेको कार्य पुरा हुने छन् भने अध्ययन अध्यापन सफल रहेको छ र व्यापारबाट पनि लाभ मिल्नेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज नयाँ कर्यको थालनी हुनुका साथै सामाजिक कार्यमा सफलता मिल्नेछ भने वैदेशिक क्षेत्रको काम अघी बढ्नेछ र सहयोगीहरूको राम्रो साथ प्राप्त हुनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज नयाँ कामका विभिन्न अवसर फेला पर्ने योग रहेको छ भने श्रमको उचित मुल्याङन हुनेछ र पार्टनरसिपमा गरिएको कारोबारले राम्रै फाइदा दिनेछ ।

बृश्चिक
, ना, नि, नु, ने, नो, या, यि, यु
आज नाम, दाम, प्रतिष्ठा र पुरस्कार प्राप्त हुने योग रहेको छ भने परोपकारका क्षेत्रमा लगानीको समय छ र मान्यजनको सहयोग प्राप्त हुने तथा स्वादिष्ट भोजन पनि पाईनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज धार्मिक कार्य सफल रहनुका साथै आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्ने छ भने विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज आफ्नो प्रयास र कामधन्दाबाट दीर्घकालिक फाइदा पुग्न सक्छ, त्यसैले आफ्नो विचार र योजनालाई गोपनीय ढंगले प्रयास गर्दा राम्रो हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मनमा देखिने अस्थिरता अधैर्यताका कारण निर्णायक क्षमतामा कमी आउनुका साथै तर्क, विवाद र प्रतिस्पर्धाबाट लाभ हुने छैन ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज रमणीय र सुखद् यात्राको योग रहेको छ भने राज्यबाट मान सम्मान पाइनुका साथै दाम्पत्य जीवनमा मधुरता छाउनेछ र ढिलै भएपनि अधुरा काम सम्पन्न हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला