×

TUNGOON

सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज दुई खेल हुँदै


काठमाडौं फगुन २५ गते
सहिद स्मारक बी डिभिजन लिग फुटबलमा आज दुई खेलहरु हुँदैछन् जसमा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा हुने पहिलो खेलमा ब्वाइज युनियन र श्री भावती क्लबबीच आज अपरानाह १२,१५ बजे खेल सुरु हुनेछ ।

आज ब्वाइज जित निकाल्दै शीर्ष तीन क्लबसँगको अंक दुरी कम गर्न चाहन्छ ।ब्वाइज १० खेलमा १७ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।श्री भगवती ब्वाइजलाई हराएर शीर्ष पाँचमा उक्लन चाहन्छ ।श्री भगवती १२ अंक जोडेर सातौं स्थानमा रहेको छ ।दोस्रो खेलमा टुसाल क्लबले श्री कुमारी क्लबसँग खेल्नेछ ।टुसाल र श्री कुमारीबीचको खेल दिउँसो ३,३० बजे सुरु हुनेछ रश्री कुमारी ११ अंक जोडेर नवौं स्थानमा रहेको छ भने टुसाल ९ अंक जोडेर दशौँ स्थानमा रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला