×

TUNGOON

चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी आमा,दुइको शव फेला पर्यो, ३ जना बेपत्ताा


काठमाडौं फगुन २५ गते
सोमबार दैलेखकी एक महिलाले आफ्ना चार सन्तानसहित कर्णाली नदीमा हाम फालेकी छन्। नदिमा फाम फलेकी सुकीका श्रीमान मानसिंह बडुवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ। उनले बिहान खाना खाएर आफू बाख्रा चराउन गएकोले घटनाका बारेमा केही थाहा नपाएको बयान दिएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

जिल्लाको आठबिस नगरपालिका–३ निमाइलकी ३५ वर्षीया सुकी बडुवालले ४ छोराछोरीसहित कर्णाली नदीमा हाम फालेकी हुन्।नदीमा हाम फालेका पाँचजना मध्ये दुईजना छोरीको शव अछाममा फेला परेको छ।१४ वर्षीया कल्पना बडुवाल र १२ वर्षीया सरिता बडुवालको शव अछामको पञ्चदेवल विनायक नगरपालिका–४ स्थित कर्णाली नदीमा माछा मार्न प्रयोग गरिने डोरीमा बेरिएको अवस्थामा भेटिएको प्रहरीले जनाएको छ।आमा सुकीसहित १० वर्षीय छोरा ललित र पाँच वर्षीया छोरी रजनीको खोजी भइरहेको प्रहरीले जनाएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला