×

TUNGOON

२०७७ सालको एसईई) तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने


काठमाडौं । फगुन २५ गते
आज बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले २०७७ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) तथा कक्षा १२ को परीक्षा आगामी जेठमा हुने निर्णय गरेको छ । एसईई जेठ १३ देखि २४ गतेसम्म र कक्षा १२ को परीक्षा जेठ २६ देखि सुरु हुने बोर्डका सदस्य सचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनु भएको छ ।

सअघि बोर्डले नै सञ्चालन गर्दै आएको कक्षा ११ को परीक्षा भने यसपालि सम्बन्धित स्कुलले नै लिने गरी जिम्मा लगाइएको छ ।गत वर्ष एसईई कोरोना भाइरस महामारीका कारण स्कुलले नै लिएको थियो। आन्तरिक मूल्यांकनका आधारमा राष्ट्रिय परीक्षा बोर्डमा पठाइएको थियो।गत २६ माघमा बसेको मन्त्रिपरिषद् बैठकले एसईई परीक्षा पुनः बोर्डले नै लिने निर्णय गरेको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला