×

TUNGOON

इक्वेटोरियल गिनीको सैन्य क्याम्पमा भएको श्रृङ्खलाबद्ध विष्फोटमा परी मृत्यु हुनेको संख्या ९८ पुग्यो, ६१५ जना घाइते


काठमाडौं । फगुन २५ गते
आइतबार भएको अफ्रिकी मुलुक इक्वेटोरियल गिनीको सैन्य क्याम्पमा भएको श्रृङ्खलाबद्ध विष्फोटमा परी मृत्यु हुनेको संख्या ९८ पुगेको छ भने विष्फोटमा परी ६१५ जना मानिसहरु घाइते भएका छन् । इक्वेटोरियल गिनीको मुख्य सहर बाटास्थित सैन्य क्याम्पमा यो विष्फोट भएको हो ।इक्वेटोरियल गिनीका राष्ट्रपति टिओडोरो एनगुएमाले यो दुर्घटना डाइनामाइटको व्यवस्थापनमा गरिएको बेवास्ताको कारण भएको बताएका छन् ।

उनका अनुसार श्रृङ्खलाबद्ध विष्फोटको कारण बाटाको अधिकांश घर तथा भवनहरुमा क्षति पुगेको छ । सरकारले यो विष्फोटसँगै अन्तर्राष्ट्रिय समुदायलाई विष्फोटमा हराएका मानिसहरुको खोजी तथा उद्धारकार्यमा सहयोगको लागि आग्रह गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला