×

TUNGOON

कस्तो रहला तपाईको दिन?हेर्नुहोस् आजको राशिफल


काठमाडौं । फागुन २६ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ भने ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज शुभकार्यको चर्चा चल्नुका साथै मनमा हर्ष,उमङ्ग र उत्साह छाउने योग रहेको छ भने जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज पारिवारिक समस्या आइपर्ने योग रहेको छ भने गरेको काममा ढिलासुस्ती हुनुका साथै आँटेको काममा बाधा हुनेछ र नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज शुभ समाचार सुन्न पाइनुका साथै महिला वा मित्रबाट विशेष सहयोग मिल्ने तथा आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ र पारिवारिक सद्भाव बढ्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज दैनिक कार्यहरूमा प्रगति हुँदै जाने योग रहेको छ भने नयाँ वस्त्र, अलंकारको प्राप्ति हुनेछ र जोश जाँगर र हिम्मत बढ्ने तथा रमणीय र सुखद् यात्राको योग पनि छ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुन सक्छ र पारिवारिक सहयोग मिल्नेछ भने मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने योग रहेको छ भने झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्नेछ स्वास्थ्य तथा सौन्दर्यतामा धन खर्च पनि हुनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज नयाँ कार्यको थालनी हुनुका साथै व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग रहेको छ भने आत्मिक सन्तुष्टि मिल्नेछ र नयाँ कार्यहरू सम्पन्न हुनेछन् ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज समय निकै उत्साहजनक रहने छ भने समाजसेवामा मन लाग्ने तथा रोकिएका अधुरा कामहरू पुरा हुनेछन् र मनोरञ्जनमा सहभागीता भइएला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज परिवारजनको साथले नयाँ आशा पलाउनुका साथै अरूको मन लोभ्याउन सकिने तथा मित्रबाट विशेष सहयोग पनि मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग रहेको छ भने आफन्त संग रमणीय र सुखद् यात्राको समय रहेको छ र ्््् तिर्थाटनको योग पनि रहेको छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज अतिथिका रूपमा सम्मान पाइनुका साथै इच्छा र आकाङ्क्षा पूर्ण हुने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् र स्वादिष्ट भोजन पनि पाईनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला