×

TUNGOON

लोक सेवा आयोगले खुलायो ठुलो संख्यामा खरिदार पदमा विज्ञापन,दरखास्त दिने अन्तिम मिति चैत्र १७ गते



काठमाडौं । फागुन २६ गते
आज गोरखापत्रमा सूचना निकालेर लोक सेवाले जेष्ठता र कार्यसम्पादन मूल्याङ्कन द्वारा हुने बढुवाको सूचना निकालेको छ ।त्यस्तै खुला तथा समावेशी प्रतियोगितामार्फत् आवेदन खुला गरेको छ ।

साथै लोक सेवा आयोगले खरिदार पदमा विज्ञापन प्रकाशित गरेको छ।आयोगले राजपत्र अनंकित द्वितीय श्रेणी ९अप्राविधिक० खरिदार पदका लागि न्याय, प्रशासन र व्यवस्थापिका सेवाको न्याय, सरकारी वकिल, सामान्य प्रशासन र लेखा समूहतर्फ आन्तरिक, खुल्ला र समावेशी गरि ठूलो संख्यामा भर्ना खोलेको हो।दरखास्त दिने अन्तिम मिति चैत्र १७ गतेसम्म रहेको छ। दोब्बर दस्तुर तिरेर २४ गतेसम्म फाराम भर्न सकिने छ।

१८ वर्ष उमेर पुरा भई ३५ वर्ष ननाघेको र महिला तथा अपांगताको भएका उम्मेदवारहरूको हकमा ४० वर्ष ननाघेको हुनुपर्नेछ।दरखास्त आयोगको वेवसाइट https://psc.gov.np/ बाट भर्न सकिने आयोगले जानकारी दिएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला