×

TUNGOON

माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको उद्योगमन्त्री लेखराज भट्टको कथन


काठमाडौं । फगुन २६ गते
माओवादी केन्द्रमा फर्कने सम्भावना नरहेको उद्योगमन्त्री लेखराज भट्टको भनाई रहेको छ । आज बसेको संसद् बैठक सकिएपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले पार्टीले समर्थन फिर्ता लिए पनि आफू नफर्कने बताउनु भएको छ ।

त्यस्तै असन्तुष्ट पक्षलाई आफूहरूले सम्मानजनक व्यवहार गर्ने नेकपा एमालेका नेता सुवास नेम्बाङले बताउनु भएको छ । नेता नेम्बाङले असन्तुष्ट भएर पार्टीबाट बाहिरिएका साथी पुनः फर्किएको भन्दै उनीहरूलाई सम्मानजनक व्यवहार हुने दाबी गर्नु भएको छ ।उहाँले सरकार गठनका लागि जसपासँग निरन्तर छलफलमा रहेको जानकारी दिनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला