×

TUNGOON

नेपाली सेनालाई आफ्नो व्यक्तिगत स्वार्थको लागि विवादमा तान्नु गलत हो– प्रधानमन्त्री ओली


काठमाडौं । फगुन २६ गते
पृथकतावादी र हिंसाको अन्त्यसँग मुलुक फेरि शान्तिपूर्ण युगमा प्रवेश गरेको प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । राष्ट्रिय सुरक्षा परिषद् सचिवालयको २० औं वार्षिकोत्सवको अवसरमा पृथकतावादी र हिंसात्मक गतिविधि अन्त्य भएको दाबी गर्नु भएको छ । े सरकारले नेत्रविक्रम चन्द नेतृत्व समूहलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा ल्याएको र २०७५ फागुन २४ मा मधेसलाई छुट्टै देश बनाउने योजनासहित अघि बढेर सीके राउतको समूहलाई वार्तामार्फत मूलधारको राजनीतिमा ल्याएको थियो ।

राष्ट्रिय सुरक्षा परिषद्का अध्यक्ष तथा रक्षा मन्त्रीसमेत रहेका प्रधानमन्त्री ओलीले २०५८ सालको सुरक्षा अवस्थालाई हेरेर स्थापना गरिएको सुरक्षा परिषद्को सचिवालय स्थापनाको १९ वर्षपछि मुलुक शान्तिपूर्ण बाटोमा प्रवेश गरेको बताएउनु भयो । प्रधानमन्त्री ओलीले क्षेत्रीय स्तरमा नेपालको छिमेकीहरुसँगको सम्बन्ध राम्रो भइरहेको र भएका समस्या पनि शान्तिपूर्ण वार्तामार्फत समाधान गर्न सकिने उल्लेख गर्नु भएको छ । उहाँले अहिले विश्वमा विभिन्न राष्ट्रहरु दुई हिसाबले अघि बढेको जानकारी दिनु भएको छ प्रधानमन्त्री ओलीले नेपाली सेनालाई आफ्नो व्यक्तिगत स्वार्थको लागि विवादमा तान्नु गलत भएको बताउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला