×

TUNGOON

नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने प्रधानमन्त्री ओलीको कथन


काठमाडौं । फगुन २७ गते
नेपालमा मिर्गौलासम्बन्धी विशेषज्ञ सेवा छिट्टै प्रारम्भ हुने प्रधानमन्त्री केपी शर्मा ओलीले बताउनु भएको छ । आज बिहान विश्व मृगौला दिवसका अवसरमा राजधानीमा आयोजित चेतनामुलक प्रभातफेरी कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्रीले छिटै त्यस्तो केन्द्र स्थापना गर्न मिर्गौलाविद् एवं चिकित्साशास्त्र अध्ययन संस्थानकी डिन प्राध्यापक डा.दिव्या सिंह शाहसहितका विज्ञहरु क्रियाशिल रहनुभएको जानकारी समेत दिनु भएको छ ।

उहाँले मिर्गौलालाई रोगहरुबाट कसरी बचाउन सकिन्छ र रोग लागि हालेमा प्रत्यारोपण सहितको सम्पूर्ण उपचार सेवा स्वदेशमै कसरी उपलब्ध गराउने गरी मुख्य दुई कुरामा ध्यान केन्द्रित गर्नुपर्ने र दुई पटक मिर्गौला प्रत्यारोपण गराइसकेका प्रधानमन्त्री ओलीको भनाइ थियो। ‘मृगौला रोगको साथमा स्वस्थ्य जीवन’को नारासहित आज नेपाल सहित विश्वभर मृगौला दिवस मनाइँदैछ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला