×

TUNGOON

पार्टी निर्माणका लागि पुन अभियान चलाउने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको भनाई


काठमाडौं । फगुन २७ गते
पार्टी निर्माणका लागि पुन अभियान चलाउने माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । उहाँले अब काठमाडौं भन्दा बाहिर रहेर अभियानमा बस्ने सोचमा रहेको बताउँदै एक पटक फेरि कोर्स करेक्सन गरेर प्रतिक्रियावाद विरुद्ध लड्ने संकल्प गर्नु भएको छ । आज काठमाडौंमा नयाँ नमूना स्वास्थ्यकर्मी संघ नेपालको राष्ट्रिय भेलालाई सम्बोधन गर्दै उहाँले आफू फेरि एक पटक क्रान्ति गर्ने मनस्थितिमा रहेको बताउनु भयो ।

प्रचण्डले आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने सोच रहेको बताउँदै नयाँ साथी खोज्दै हिँड्दा पुराना साथी छुटेकाले त्यसलाई सुधार गर्दै अघि बढ्ने बताउनु भएको प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक परिवर्तनपछि षडयन्त्र गरेपछि आफूले त्यसको विरोध गरेको उल्लेख गर्नु भएको छ । अब आफू फेरि एक पटक आफ्नै शक्ति र आफ्नै खुट्टामा उभिएर क्रान्ति गर्ने पक्षमा रहेको बताउनु भएको छ । माओत्सेतुङले ७२ वर्षमा साँस्कृतिक क्रान्ति गरेको सुनाउँदै प्रचण्डले उमेर ढल्किदै गएपनि आफू चुप लागेर नबस्ने बताउनु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला