×

TUNGOON

बिहीबार राति भएको खेलमा इंग्लिस क्लब आर्सनलको जित


काठमाडौं । फगुन २८ गत
बिहीबार राति भएको खेलमा इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबलमा ग्रीसको ओलम्पियाकोसमाथि ३–१ गोल अन्तरले जित हात पारेको छ । इंग्लिस क्लब आर्सनलले युरोपा लिग फुटबल अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा सहज जित निकालेको छ ।ओलम्पियाकोसको मैदानमा आर्सनललाई जित दिलाउन मार्टिन ओएडेगार्ड, गाब्रियल र मोहमद एल्नेनीले एक एक गोल गरेका थिए ।ओलम्पियाकोसका युसुफ एल अराबीले एक गोल फर्काएका थिए ।खेलको ३४ औं मिनेटमा मार्टिनले गोल गर्दै आर्सनललाई अग्रता दिलाएका थिए ।

खेलको ५८ औं मिनेटमा युसुफले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए।८० औं मिनेटमा गाब्रियलले गोल गर्दै आर्सनललाई २–१ को अग्रता दिलाएका थिए ।त्यसपछि खेलको ८५ औं मिनेटमा मोहमदले गोल गर्दै आर्सनललाई ३(१ को जित दिलाएका थिए ।यस जितसँगै आर्सनलको अन्तिम आठको सम्भावना बलियो बनेको छ ।आर्सनलले दोस्रो लेग घरेलु मैदानमा खेल्नेछ ।दोस्रो लेग खेल मार्च १८ मा हुनेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला