×

TUNGOON

वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई बाह्रै महिना बर्बराएको पूर्वमन्त्री गोकुल बाँस्कोटाको टिप्पणी


काठमाडौं । फगुन २८ गते
वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई ‘बाह्रै महिना बर्बराएको पूर्वमन्त्री एवम् नेकपा एमालेका नेता गोकुल बाँस्कोटाले टिप्पणी गर्नु भएको छ ।

उहाँले आज सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा राख्दै मुद्दा हारेको झगडियाले २४ घण्टा बर्बराउनु ठीकै भए पनि बाह्रै महिना बाह्रैकाल बर्बराउनु घामडपन भएको भन्दै नेपाल समूहप्रति व्यङ्ग्यात्मक टिप्पणी गर्नु भएको हो । उहाँले माधव नेपाल समूहलाई गल्तीको आत्मालोचना गर्नुको साटो एउटा गुट समाप्त हुनासाथ फेरि गुटगत मोर्चाबन्दी गर्दै हिँडेको आरोप लगाउनु भएको छ । माधव नेपाल पक्षमा २२ प्रतिशत पनि मत नपुग्ने उहाँल्े दाबी समेत गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला